कञ्चनपुर – सुदूरपश्चिममा आजदेखि गौरापर्व विधिवत् रुपमा सुरु भएको छ । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने यो पर्वको आज पहिलो दिन घरघरमा विरुडा राखेर विधिवत् रुपमा सुरु भएको छ । आजको दिनलाई विरुडा पञ्चमीसमेत भन्ने गरिन्छ । आज व्रतालु महिलाले घरमा ‘विरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौरा पर्वको सुरुआत गरेका छन् । […]