बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा

भक्तपुर – चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा परेका छन् । बाढीको जोखिम बढेपछि मनोहरा खोलाको बहाव फर्काउने काम गरिएको चाँगुनारायण–१ वडाध्यक्ष सिजन कार्कीले जानकारी दिए । लगातार परेको वर्षाका कारण मनोहरा खोलाको बहाब बढेर बस्तीतर्फ आएर बस्ती नै जोखिममा परेपछि बहाव फर्काउने काम गरिएको उनले बताए । […]